ne_tn/jas/03/17.md

1.9 KiB

तर माथिबाटको बुद्धि सर्वप्रथम शुद्ध हुन्छ

यहाँ “माथिबाट” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्‍वर आफैँलाई प्रतिनिधित्व गर्दछ । भाववाचक नामपद शब्द “बुद्धि”लाई “बुद्धिमान्” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब कोही व्यक्ति स्वर्गमा हुनुभएको परमेश्‍वरले सिकाउनुभएको अनुसार बुद्धिमान् हुन्छ, ऊ प्रथमतः शुद्ध चालहरूमा चल्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

सर्वप्रथम शुद्ध हुन्छ

“सर्वप्रथम पवित्र हुन्छ”

दया र असल फलहरूले भरिएको

यहाँ “असल फलहरू”ले ती कुराहरूलाई जनाउँछ जुन मानिसहरूले आफूहरूसँग परमेश्‍वरबाटको बुद्धि हुनाको कारणले अरूहरूको लागि गर्छन् । वैकल्पिक अनुवादः “दया र असल कामहरूले परिपूर्ण” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

र निष्कपट

“र इमानदार” वा “र सत्यवान्”