ne_tn/jas/03/13.md

1.7 KiB

तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ ?

याकूबले उचित व्यवहारको बारेमा आफ्ना पाठकहरूलाई सिकाउनको निमित्त यस प्रश्‍नको प्रयोग गर्छन् । “बुद्धिमान्” र “समझदार” भन्‍ने शब्दहरू समान हुन् । वैकल्‍पिक अनुवादः “एक बुद्धिमान् र समझदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ भनेर म तिमीहरूलाई भन्‍नेछु ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-doublet]])

त्यस व्यक्तिले बुद्धिको नम्रतामा भएका उसका कामहरूद्वारा असल जीवन देखाओस्

“नम्रता” र “बुद्धि” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यस व्यक्तिले नम्र र बुद्धिमान् भएर गर्ने कामहरू गरेर असल जीवन जिउनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)