ne_tn/jas/03/11.md

1.5 KiB

जोड्ने कथनः

विश्‍वासीहरूको वचनले आशिष् र श्राप दुवै दिनुहुँदैन भनेर याकूबले जोड दिएपछि, परमेश्‍वरको प्रशंसा गरेर उहाँलाई सम्‍मान गर्ने मानिसहरूले ठीक तरिकामा जिउनु पनि पर्दछ भनेर उनका पाठकहरूलाई सिकाउनको निमित्त उनले प्रकृतिबाट उदाहरणहरू दिन्छन् ।

के एउटा छहराको त्यसको मुहानबाट मिठो र तीतो पानी दुवै निकाल्दछ र ?

प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि एउटा छहराले मिठो र तीतो पानी दुवै निकाल्दैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)