ne_tn/jas/03/08.md

1.7 KiB

तर कुनै पनि मानिसले जिब्रोलाई वशमा राख्‍न सक्दैन

याकूबले जिब्रोलाई कुनै एउटा जङ्गली पशु भएको झैँ गरी बताउँछन् । यहाँ “जिब्रो”ले कोही व्यक्तिको दुष्‍ट विचारहरू बोल्‍ने चाहनालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

यो एउटा घातक विषले भरिएको बेचैन दुष्‍ट हो

मानिसहरूले आफूहरूले बोलेका कुराहरूबाट पुर्‍याउन सक्‍ने हानीको विषयमा याकूबले यसरी बताउँछन् मानौँ जिब्रो भनेको एउटा दुष्‍ट र विषालु प्राणी हो जसले मानिसहरूलाई मार्न सक्छ । वैकल्पिक अनुवादः “यो एउटा बेचैन र दुष्‍ट जीव जस्तै हो, जुन घातक विषले भरिएको हुन्छ” वा “यो एउटा बेचैन र दुष्‍ट जीव जस्तै हो जसले मानिसहरूलाई त्यसको विषले मार्न सक्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)