ne_tn/jas/03/06.md

3.0 KiB

जिब्रो पनि आगो नै हो

जिब्रो भनेको मानिसहरूले बोल्‍ने कुराको लागि प्रतिस्थापन शब्द हो । यसले पुर्‍याउन सक्‍ने ठूलो हानीको कारण याकूबले यसलाई आगो भन्छन् । वैकल्पिक अनुवादः “जिब्रो आगो जस्तै हो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

हाम्रा शरीरका अङ्गहरूको माझमा राखिएको एउटा अधर्मको दुनियाँ

पापी बोलीको भयङ्करको असरहरूको विषयमा यसरी बताइएको छ मानौँ ती आफैँमा एउटा संसार नै हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसले सम्पूर्ण शरीरलाई दाग लगाउँछ

पापी बोलीले कसैको शरीरलाई दाग नै लगाउने भएको झैँ गरी त्यसको विषयमा आलङ्कारिक रूपमा बताइएको छ । And becoming unacceptable to God is spoken of as if it were dirt on the body. (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जीवनको क्रमहरूमा आगो लगाउँछ

“जीवनको क्रमहरू” भन्‍ने वाक्यांशले कोही व्यक्तिको सम्पूर्ण जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसले व्यक्तिको सम्पूर्ण जीवनलाई बर्बाद पार्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

... जीवन ... । यो नरकद्वारा आफैँमा आगोले सल्काइएको हुन्छ

“आफैँमा” शब्दले जिब्रोलाई जनाउँछ । साथै, यहाँ “नरक”ले दुष्‍टको शक्ति वा शैतानलाई जनाउँछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... जीवन ... किनभने शैतानले त्यसलाई दुष्‍ट कामको निम्ति प्रयोग गर्दछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])