ne_tn/jas/02/intro.md

4.7 KiB

याकूब ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कृपावाद

याकूबका केही पाठकहरूले धनी र शक्तिशाली मानिसहरूलाई असल व्यवहार गर्थे र गरिब मानिसहरूलाई नराम्रो तरिकाले व्यवहार गर्थे । यसैलाई कृपावाद भनिन्छ, र याकूबले त्यो गलत हो भनेर तिनीहरूलाई बताइरहेका छन् । उहाँका मानिसहरूले धनी र गरिब मानिसहरू दुवैलाई राम्रो व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ ।

धर्मी ठहराउने

धर्मी ठहराउने कार्य तब हुन्छ जब परमेश्‍वरले कुनै मानिसलाई धर्मी बनाउनुहुन्छ । याकूबले यहाँ भन्छन् कि परमेश्‍वरले ती मानिसहरूलाई धर्मी बनाउनुहुन्छ वा धर्मी ठहराउनुहुन्छ जसले विश्‍वास गर्नुको साथै असल कामहरू पनि गर्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/justice]] अनि [[rc:///tw/dict/bible/kt/righteous]] अनि rc://*/tw/dict/bible/kt/faith)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

उद्धरणका चिन्हहरू

“कामहरू बिनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरा कामहरूद्वारा मेरो विश्‍वास देखाउनेछु” भन्‍ने शब्दहरू बुझ्‍नलाई कठिन छन् । केही मानिसहरू सोच्‍छन् कि उद्धरणका चिन्हहरू भित्र भएका शब्दहरू जस्तै ती त्यस्ता कुराहरू हुन् जुन “कसैले भन्‍न सक्छ” । अधिकांश संस्करणहरूले तिनलाई याकूबले “कोही व्यक्ति”लाई जवाफको रूपमा भनिरहेका शब्दहरूको रूपमा अनुवाद गर्छन् ।

“तिमीसँग ... छ ... मसँग ... छ”

केही मानिसहरू सोच्‍छन् कि “तिमी” र “म” शब्दहरू भनेका “केही मानिसहरू” र “अरू मानिसहरू”को लागि प्रतिस्थापन शब्दहरू हुन् । यदि ती ठीक हुन् भने, पद १८ लाई यसरी अनुवाद गर्न सकिन्छ, “कसैले भन्ला, ‘केही मानिसहरूसँग विश्‍वास छ र अरू मानिसहरूसँग कामहरू छ । सबैसँग दुइटै कुरा हुँदैन ।’”यदि पछिबाटको वाक्य पनि “कसैले भन्‍न सक्‍ने” कुरा हो भने, त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “केही मानिसहरूले कामहरू बिना तिनीहरूको विश्‍वास देखाउँछन्, र अरू मानिसहरूले तिनीहरूका विश्‍वास कामहरूद्वारा देखाउँछन् । दुवैसँग विश्‍वास छ ।” दुवै खण्‍डमा, तपाईंले अतिरिक्त वाक्य थप्‍नुभयो भने मात्र पाठकले बुझ्‍नेछ । सम्भवतः यूएसटीले गरेको झैँ गरी अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-explicit]])