ne_tn/jas/02/14.md

3.5 KiB

जोड्ने कथनः

याकूबले तितरबितर भएका विश्‍वासीहरूलाई अरूहरूको सामु आफ्नो विश्‍वास देखाउनलाई हौसला दिन्छन्, जसरी अब्राहामले आफ्नो कामहरूद्वारा अरूहरूलाई उनको विश्‍वास देखाए ।

मेरा भाइहरू हो, यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ तर उससँग काम छैन भने, त्यसबाट के लाभ भयो ?

याकूबले उनको पाठकहरूलाई सिकाउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “सङ्गी विश्‍वासीहरू हो, यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ तर उससँग कुनै कामहरू छैन भने, त्यसबाट कुनै लाभ हुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ, तर उससँग कुनै कामहरू छैन भने

“विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ तर परमेश्‍वरले अह्राउनुभएको कुराहरू गर्दैन भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ र ?

याकूबले आफ्ना पाठकहरूलाई शिक्षा दिनको निम्ति एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गरिरहेका छन् । नामपद शब्द “विश्‍वास”लाई हटाउनको लागि यसलाई पुनः फरक तरिकाले उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो विश्‍वासले उसलाई बचाउन सक्दैन ।” वा “यदि कोही व्यक्तिले परमेश्‍वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैन भने, तब आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर मात्र ऊ बचाइनेछैन ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

उसलाई बचाउन

“परमेश्‍वरको इन्साफबाट उसलाई बचाउन”