ne_tn/jas/02/05.md

2.7 KiB

मेरा प्रिय भाइहरू हो, सुन

याकूबले आफ्ना पाठकहरूलाई परिवार जस्तो गरी अर्ती दिइरहेका थिए । “ध्यान देओ, मेरा प्रिय सङ्गी विश्‍वासीहरू हो”

के परमेश्‍वरले चुन्‍नुभएन र ... उहाँलाई प्रेम गर्नेहरू ... ?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई पक्षपात नदेखाउने विषयमा सिकाउनलाई एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ... चुन्‍नुभएको छ ... उहाँलाई प्रेम गर्नेहरू ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

गरिबहरू

यसले सामान्य अर्थमा गरिब मानिसहरुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

विश्‍वासमा धनी हुन

प्रशस्‍त विश्‍वास गर्ने कुरालाई विश्‍वासमा सम्‍पन्‍न हुने वा धनी हुने कुरा भए झैँ गरी बताइएको छ । कसमा विश्‍वास गरेको हो भन्‍ने कुरालाई स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा बलियो विश्‍वास राख्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उत्तराधिकारीहरू

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले परिवारको कुनै सदस्यबाट जायजेथा वा सम्पत्तिको अंश प्राप्‍त गर्नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)