ne_tn/jas/01/21.md

3.6 KiB

सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई फुकाल

पाप र दुष्‍टताको बारेमा यहाँ यसरी बताइएको छ मानौँ ती वस्‍त्रहरू थिए जसलाई फुकाल्‍न सकिन्थ्यो । वैकल्‍पिक अनुवादः “सबै पापपूर्ण घिनलाग्‍दा कुराहरू गर्न छोड र थुप्रै पापहरू गर्न छोड” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई फुकाल

यहाँ “पापमय घिनलाग्‍दा कुरा” र “दुष्‍टता” जस्ता अभिव्यक्तिहरूले समान अर्थ बोकेका छन् । पाप कति खराब छ भन्‍ने कुरालाई जोड दिनको निम्ति याकूबले तिनको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सबै किसिमका पापमय व्यवहार गर्न छोड” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

पापमय घिनलाग्‍दो कुरा

यहाँ “घिनलाग्‍दो कुरा”, अर्थात् फोहोरको अर्थ पाप र दुष्‍टता हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विनम्रतामा

“बिना घमण्ड” वा “बिना अहंकार”

रोपिएको वचनलाई ग्रहण गर

“रोप्‍नु” शब्दको अर्थ कुनै एउटा चीजलाई अर्कोभित्र राख्‍नु हो । यहाँ परमेश्‍वरको वचनको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै एउटा बिरुवा हो जसलाई विश्‍वासीहरूभित्र हुर्कन लगाइन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको सन्देशको पालना गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका प्राणलाई बचाउन

कुनै व्यक्तिले केबाट उद्धार पाएको हो भन्‍ने कुरालाई स्‍पष्‍टसँग बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको इन्साफबाट तिमीहरूलाई बचाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूका प्राणहरू

यहाँ “प्राणहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)