ne_tn/jas/01/10.md

1.8 KiB

तर धनी मानिस आफ्‍नो दीन अवस्थामा

“गर्व गरोस्” शब्दहरूलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “तर धनी मानिसले आफ्‍नो दीन अवस्थामा गर्व गरोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तर धनी मानिस

“तर त्यो मानिस जससँग धेरै पैसा छ ।” सम्भावित अर्थहरू हुन् १) धनी मानिस एक विश्‍वासी हो वा २) धनी मानिस एक अविश्‍वासी हो ।

उसको दीनतामा

यदि परमेश्‍वरले कुनै धनी विश्‍वासीलाई दुःख भोग गर्न लगाउनुहुन्छ भने ऊ खुशी हुनुपर्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उसलाई कठिनाइहरू दिनुभएकोमा खुशी हुनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

ऊ घाँसमा फुलेको जङ्गली फुल झैँ ओइलाएर बितिजानेछ

धनी मानिसहरू जङ्गली फुलहरूसँग समान छन् भनेर बताइएको छ, जुन केवल छोटो समयको लागि मात्र जीवित हुन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)