ne_tn/jas/01/01.md

2.6 KiB

सामान्य जानकारीः

प्रेरित याकूबले यो पत्र सारा विश्‍वाीहरूलाई लेख्छन् । तिनीहरूमध्ये धेरैजना यहूदीहरू थिए, र तिनीहरू विभिन्न ठाउँहरूमा बस्थे ।

याकूब, परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका एक सेवक

“यो पत्र ... बाट हो” भन्‍ने वाक्यांश स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “यो पत्र याकूब, परमेश्‍वरको र प्रभु येशू ख्रीष्‍टको सेवकबाट हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बाह्र कुललाई

सम्भावित अर्थहरू हुन् १) यो यहूदी ख्रीष्‍टिएनहरूको लागि प्रतिस्थापकीय शब्द हो, वा २) यो सबै ख्रीष्‍टिएनहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्‍वरका विश्‍वासयोग्‍य मानिसहरूलाई” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

छरपष्‍ट भएर रहेका

“छरपष्‍ट भएर रहेका” शब्दहरूले सामान्यतया ती यहूदीहरूलाई जनाउँथ्यो जो आफ्‍नो स्वदेश इस्राएलबाट अन्य देशहरूमा छरिएका थिए । यो भाववाचक नामपद शब्दलाई “छरिएका” क्रियापद प्रयोग गरेको एउटा वाक्यांशसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो संसारभर छरिएका छन्” वा “जो अन्य देशहरूमा बस्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अभिवादन !

एउटा सामान्य अभिवादन, जस्तै “जय मसिह !” अथवा “शुभ दिन !”