ne_tn/hos/13/12.md

2.4 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ ।

यी दुई वाक्‍यांशहरू समान छन् र मूलतः एउटै अर्थ दिन्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

थुप्रिएको छ

उत्तरी राज्‍यको अपराध र दोषको बारेमा यसरी बताइएको छ कि मानौं ती सामानहरू थिए जसलाई कुनै उद्देश्‍यको लागि राख्‍न सकिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रसवको पीडा त्यसमाथि आउनेछ

यहाँ इस्राएलका मानिसहरूको पिडाको बारेमा परमप्रभु यसरी बताउनुहुन्छ कि मानौं ती प्रसववेदनाको पिडा थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन

अब परमप्रभुले इस्राएलका मानिसहरूलाई आमाले जन्‍म दिन लागेको बच्चाको रुपमा वर्णन गर्नुहुन्छ । बच्चा मूर्ख छ किनभने त्यो जन्‍मने इच्छा गर्दैन । मानिसहरू पश्‍चाताप् गर्न र परमप्रभुको आज्ञा पालन गर्न चाहँदैनन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद