ne_tn/hos/13/01.md

3.7 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

जब एफ्राइम बोल्‍थ्‍यो

एफ्राइम दशवटा कुलहरू मध्‍ये एउटाको नाम भएतापनि होशेले "एफ्राइम" शब्द सम्‍पूर्ण उत्तरी राज्‍यलाई जनाउन प्रयोग गर्छन् ।वर्तमान समयको जस्‍तो नभई होशे लामो समय अगाडिको कुरा गरिरहेको जस्‍तो देखिन्छ जब उत्तरी राज्‍य बलियो र आदरणीय थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यहाँ कम्पन हुन्थ्यो

"अरू जातिहरू माझ" भन्‍ने वाक्‍यांश यहाँ हुने बुझ्‍न सकिन्छ ।उत्तरी राज्‍यको सामु अरू जातिहरू नम्र हुनेछन् । अर्को अनुवादः "त्‍यहाँ अरू मानिसहरू माझ कम्‍पन हुन्थ्यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

त्यसले आफैँलाई इस्राएलमा उच्‍च पार्‍यो

यहाँ "उच्च पार्नु" आफूलाई महत्‍वपूर्ण ठान्‍नु हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर बाल देवताको उपासना गरेको कारण त्यो दोषी ठहरियो, र त्यो मर्‍यो

जब एफ्राइमका मानिसहरूले बालको उपासना गर्न सुरु गरे, तिनीहरू कमजोर भए र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई हराए । यहाँ "मर्‍यो"ले जाति कमजोर भएको जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अब तिनीहरू झन् धेरै पाप गर्छन्

यहाँ "तिनीहरू" ले एफ्राइम कुल र एफ्राइमको उदाहरण पछ्‍याउने इस्राएलको सम्‍पूर्ण जातिलाई जनाउँछ ।

बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन्

मूर्तिपूजा गर्ने एउटा विधिमध्‍ये बाछाका मूर्तिका प्रतिमाहरूलाई चुम्बन गर्नु पनि थियो ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद