ne_tn/hos/11/05.md

3.4 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएलको बारेमा बताउँदै हुनुहुन्छ ।

के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र?

यस प्रश्‍नको अर्थ इस्राएल जाति मिश्रमा झैँ फेरि एकचोटि दास हुनेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?

परमप्रभुप्रति विश्‍वासयोग्‍य हुन इन्‍कार गरेको परिणाम स्‍वरुप इस्राएल जाति अश्‍शूरको कैदी हुनेछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछ

यहाँ "तरवार"ले इस्राएलका शत्रुहरूलाई जनाउँछ जसले इस्राएलका सहरहरूलाई नाश गर्नेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ

मुख्‍य ढोकाले सहरका बासिन्‍दाहरूलाई तिनीहरूका शत्रुहरूबाट सुरक्षा दिन्‍थ्यो र बारहरूले बन्द ढोकालाई सुरक्षित पार्‍थ्यो ।बारहरूलाई नष्‍ट गर्नुले मानिसहरूबाट सुरक्षा हटाउनु भन्‍ने अर्थ दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि

यहाँ परमप्रभुले आफैलाई तृतीय पुरुषमा सम्‍बोधन गर्दै हुनुहुन्छ । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले मलाई सर्वोच्‍च भनी पुकारे पनि" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

कसैले तिनीहरूलाई सहायता गर्नेछैन

कसैले इस्राएललाई सहायता गर्न परमप्रभुले अनुमति दिनुहुनेछैन किनभने तिनीहरू उहाँबाट तर्केर गए ।

शब्द अनुवाद