ne_tn/hos/11/03.md

2.8 KiB

सामान्‍य जानकारीः

परमप्रभुले इस्राएललाई कसरी वास्‍ता गर्नुभयो भन्‍ने बारेमा बताउँदै हुनुहुन्छ ।

एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ

परमप्रभुले इस्राएललाई सानो बालकको रुपमा लिनुहुन्छ जसलाई उहाँले हिँड्न सिकाउनुभयो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने

यस अभिव्‍यक्तिले रुपकलाई निरन्‍तरता दिन्छ । अर्को अनुवादः "तिनीहरूको वास्‍ता गर्ने ।"

तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ

मानवले बुझ्‍ने र योग्‍न ठान्‍ने तरिकाले परमप्रभुले आफ्‍ना मानिसहरूलाई प्रेम गर्नुहुन्‍छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्‍यक्‍ति जस्तै म तिनीहरूका निम्‍ति थिएँ

परमप्रभु इस्राएल जातिलाई कठोर परिश्रम गर्ने जनावरझैँ बताउँदै हुनुहुन्छ जसको काम उहाँले सजिलो बनाइदिनुभयो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ

यस अभिव्‍यक्तिले माथिको रुपकलाई निरन्‍तरता दिन्छ जहाँ इस्राएललाई सानो बालकको रुपमा चित्रण गरिएको छ ।यसको अर्थ परमप्रभुले तिनीहरूका सबै शारीरिक आवश्‍यकताहरू जुटाउनुभयो भन्‍ने हुन सक्‍छ ।

शब्द अनुवाद