ne_tn/hos/07/10.md

2.9 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्‍दै हुनुहुन्छ ।

इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ

यसले "घमण्ड" लाई अदालतमा इस्राएलका मानिसहरूका विरुद्ध गवाही दिने व्‍यक्तिको रुपमा वर्णन गर्छ । तिनीहरूको अभिमानपूर्ण प्रवृति र व्‍यवहारले तिनीहरूलाई परमप्रभुको आज्ञा उल्‍लङ्‍घन गरेकोमा दोषी देखाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

न त ... उहाँलाई खोजेका छन्

इस्राएलका परमप्रभुप्रति चासोको अभाव हुनु बारे यसरी बताइएको छ कि मानौं उहाँ हराउनुभएको थियो र तिनीहरू उहाँलाई खोज्‍ने प्रयास गरिरहेका थिएनन् । अर्को अनुवाद: " न त तिनीहरूप्रति उहाँको ध्‍यानाकर्षण गर्न तिनीहरूले प्रयास गरेका थिए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

न त यी सबै कुरा

यहाँ "यी" ले परमेश्‍वरले तिनीहरूलाई परदेशीहरूबाट पराजित भएर कमजोर तुल्‍याउन दिनुभएको भन्‍ने जनाउँछ ।

एफ्राइम ... सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ

ढुकुरलाई मूर्ख चराको रुपमा लिइन्‍थ्यो ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

मिश्र ... अश्‍शूर

यी इस्राएलले सहायता माग्‍न सक्‍ने शक्‍तिशाली जातिहरू थिए ।

शब्द अनुवाद