ne_tn/hos/05/10.md

3.2 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएल र यहूदाको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ

"सिमानाको ढुङ्गा सार्छ" ले कुनैपनि सम्‍पत्तिको सिमानामा कोरिएको चिन्हलाई चलाउनु भनी जनाउँछ जुन इस्राएलको व्‍यवस्‍था अनुसार अपराध थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

पानी खन्याएझैं तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्याउनेछु

यहूदा विरुद्धको परमप्रभुको क्रोध, तिनीहरूलाई नाश गर्ने पानीको ठूलो फोहोराजस्‍तै हुनेछ ।धर्मशास्‍त्रमा प्राय: भावना र नैतिक गुणहरूलाई यसरी बताइएको छ मानौं ती तरल पदार्थ थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एफ्राइम किल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।जोड दिनको लागि यो भनाइ दुई चोटि दोहोर्‍याइन्‍छ । यहाँ "एफ्राइम" ले इस्राएलको उत्तरी राज्‍यका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: " म इस्राएलका मानिसहरूलाई कठोर दण्‍ड दिनेछु ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]] र rc://*/ta/man/translate/figs-activepassive)

मूर्तिहरूको पछि लागेको छ

यहाँ "लागेको" ले पुज्‍ने धारणालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मूर्तिहरू

यहाँ "मूर्तिहरू" भनी अनुवाद गरिएको हिब्रू शब्द को अर्थ अनिश्‍चित छ र आधुनिक संस्‍करणहरूमा विभिन्‍न तरिकाले अनुवाद गरिएको छ ।

शब्द अनुवाद