ne_tn/hos/05/05.md

4.1 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएलको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ

यसले "घमण्ड" लाई अदालतमा मानिसहरूका विरुद्ध गवाही दिने व्‍यक्तिको रुपमा वर्णन गर्छ । तिनीहरूको अभिमानपूर्ण प्रवृति र व्‍यवहारले तिनीहरूलाई परमप्रभुको आज्ञा उल्‍लङ्‍घन गरेकोमा दोषी देखाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ

दुवै राज्‍यहरू घमण्ड र पापको कारण परमेश्‍वरप्रति पूर्ण रुपमा अनाज्ञाकारी हुनेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन्

सम्‍भावित अर्थहरू हुन्ः १) यसको अर्थ इस्राएलीहरूले अरू जातिका मानिसहरूसँग विवाह गर्दै र तिनीहरूबाट छोराछोरीहरू जन्‍माउँदै थिए । वा २) यसको अर्थ इस्राएली बुबाआमाहरू परमप्रभुप्रति विश्‍वासघाती थिए र तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मूर्तिपूजा गर्न सिकाउँदै थिए ।

अब औँसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ

इस्राएलका मानिसहरूले औँसीमा उत्‍सव मनाउनुपर्ने थियो ।यहाँ यस अभिव्‍यक्तिले औँसीको पर्वलाई मानिस र बाली खाने एउटा जनावरको रुपमा वर्णन गरेजस्‍तो देखिन्‍छ । तरपनि यो अभिव्‍यक्तिलाई व्‍यक्त गर्न गाह्रो छ ।धेरै संस्‍करणहरूले यस्‍तो अर्थ नदिने किसिमले पनि यसलाई अनुवाद गरेका छन् ।तर जेहोस्, समग्रमा यसको अर्थ परमेश्‍वरले आफूप्रति मानिसहरूको विश्‍वासघातको लागि तिनीहरूलाई सजाय दिनुहुनेछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद