ne_tn/hos/05/03.md

3.2 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएलको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु

यहाँ "एफ्राइम" र "इस्राएल" दुवैले इस्राएलको उत्तरी राज्‍यमा बस्‍ने मानिसहरूलाई जनाउँछ । यहाँ परमेश्‍वर तिनीहरू कस्‍ता छन् र के गर्दैछन् भन्‍ने कुरा उहाँलाई थाहा छ भन्‍दै हुनुहुन्छ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

एफ्राइम, तँ अब वेश्‍याझैँ भएको छस्

एफ्राइमको लागि वेश्‍या शब्‍द प्रयोग गरिएको छ किनभने जसरी वेश्‍या कुनैपनि मानिसप्रति विश्‍वासयोग्‍य हुँदैन त्‍यसरीनै ती मानिसहरू परमेश्‍वरप्रति विश्‍वासघाती भएका छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

परमेश्‍वरतर्फ फर्कन ... तिनीहरूले परमप्रभुलाई चिन्दैनन्

अनुवादकले यसलाई यसरी पनि अनुवाद गर्न सक्‍छन्: "मतर्फ फर्कन ... तिनीहरू मलाई चिन्दैनन् ।" वा "मतर्फ फर्कन ... तिनीहरू म, परमप्रभुलाई चिन्दैनन् ।"

तिनीहरूमा व्यभिचारको मन छ

यसको अर्थ तिनीहरूमा परमेश्‍वरप्रति विश्‍वासघात गर्ने इच्छा छ । तिनीहरू मूर्तिहरू पुज्‍न चाहन्‍छन् ।

र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्

इस्राएल परमप्रभुको विल्‍कुलै आज्ञापालन गर्दैनन् ।तिनीहरू परमप्रभुलाई आफ्ना परमेश्‍वरको रुपमा स्‍वीकार्दैनन् ।

शब्द अनुवाद