ne_tn/hos/05/01.md

3.1 KiB

जोड्‍ने वाक्‍य

परमप्रभु इस्राएलको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

तिमीहरू मिस्‍पामा पासो र तबोरमाथि फैलिएको जाल भएका छौ

पासो र जाल दुवै शिकार पक्रनको लागि प्रयोग गर्ने सामानहरू हुन् ।यस सन्‍दर्भमा पुजारीहरू र राजकीय घरानासँग मानिसहरूलाई मूर्तिपूजा गर्न लोभ्‍याएर परमप्रभुबाट टाढा राख्‍ने तयारी तरिकाहरू थिए । मिस्‍पा र तबोर इस्राएल देशमा मूर्तिपूजा गर्ने ठाउँहरू थिए । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/figs-metaphor]])

विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन्

यहाँ "विद्रोहीहरू" ले परमप्रभुबाट फर्केका सबै मानिसहरूलाई जनाउँछ र "मारकाट" ले निर्दोष मानिसहरूको हत्‍या, मूर्तिहरूलाई चढाउन पशुहरूको संहारलाई जनाउन सक्‍छ। ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

विद्रोहीहरू

अनुवादकले "तिमी, विद्रोहीहरू" भनेर सम्‍बोधन गर्न सक्‍छन् किनभने परमेश्‍वर वास्‍तवमा इस्राएलका विद्रोही मानिसहरूसँग कुरा गर्दै हुनुहुन्छ ।

मारकाटमा

केही आधुनिक संस्‍करणहरूले यसको हिब्रू अभिव्‍यक्तिलाई "दुष्‍टताको लागि खडा हुनु" भनी अनुवाद गरेका छन् ।

म तिनीहरू सबैलाई दण्ड दिनेछु

अनुवादकले यसलाई "म तिमीहरू सबैलाई दण्ड दिनेछु" भनी लेख्‍न सक्‍छन् ।

शब्द अनुवाद