ne_tn/hos/04/11.md

3.2 KiB

जोड्‍ने वाक्‍य

परमप्रभु इस्राएलको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

यौनको छाडापन, दाखमद्य र नयाँ मद्य ... जसले तिनीहरूका समझलाई नाश पारेका छन्

इस्राएलका मानिसहरू विवाह बाहिर यौन खोज्दैछन् र धेरै मद्य पिउँदै छन् ।यसो गरेर तिनीहरूले परमप्रभुको आज्ञाहरूलाई बिर्सेका छन् ।यी कार्यहरूको बारेमा यहाँ यसरी बताइएको छ कि मानौं यी कुनै मानिसहरू थिए जसले अरू मानिसहरूको परमप्रभुप्रति आज्ञापालनको महत्‍व बुझ्‍ने समझलाई नाश गर्न सक्थे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन्

मूर्ति पुजकहरू भविष्‍यवाणी गर्न हिँड्ने लौरोको प्रयोग गर्छन् ।यहाँ हिँड्ने लौरोको बारेमा यसरी बताइएको छ कि मानौं ती अगमवाणीहरू गर्ने मानिसहरू थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ

मूर्तिहरू पुज्‍ने र मन्दिरको वेश्‍याहरूसँग सहवास गर्ने कुराले इस्राएलका मानिसहरूमा यीद्वारा परमप्रभुविरुद्ध पाप गर्ने बानीको विकास भएको छ । यहाँ "विचार" को बारेमा यसरी बताइएको छ मानौं त्‍यो भिन्‍न व्‍यक्ति थियो जसले मानिसहरूलाई परमप्रभुको आज्ञा उल्‍लङ्‍घन गर्न मनाउन सक्‍थ्यो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

भ्रममा पारेको छ

मानिसहरूलाई पाप गर्न फकाएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद