ne_tn/hos/02/23.md

2.4 KiB

सामान्‍य जानकारी:

परमप्रभु, आफूले इस्राएललाई के गर्नुहुनेछ भन्‍ने बारेमा होशेलाई बताउँदै हुनुहुन्छ।

आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु

परमेश्‍वरले मानिसहरूलाई फेरि तिनीहरूको देशमा सुरक्षा दिनुहुने र सम्‍पन्‍न बनाउन हुने समयको बारेमा यसरी बताइएको कि मानौं तिनीहरू खेतीका बिरुवाहरू थिए । अर्को अनुवाद: जसरी एउटा किसानले आफ्नो बिउहरू रोप्छ र त्‍यसको हेरचाह गर्छ त्‍यसरी नै म इस्राएलका मानिसहरूको हेरचाह गर्नेछु ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

लो-रूहामा

यस नामको अर्थ "दया छैन" ( प्रेम नगरिएको) हो । अनुवादकले यस अर्थलाई नामको रुपमा लेख्‍न छान्‍न सक्‍छन् । अर्को अनुवाद: "दया छैन ।"१:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

लो-अम्मी

यस नामको अर्थ "मेरो प्रजा नभएको" हो । अनुवादकले यस अर्थलाई नामको रुपमा लेख्‍न छान्‍न सक्‍छन् । १:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवाद: "मेरो प्रजा नभएको" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद