ne_tn/hos/02/04.md

2.4 KiB

सामान्‍य जानकारी:

परमप्रभु होशेसँग बोल्दै हुनुहुन्छ ।

ती वेश्‍यागमनका सन्‍तान हुन्

इस्राएलीहरू परमप्रभुका होइनन् जस्‍तैगरी व्‍यवहार गर्दैछन् । तिनीहरूका पुर्खाहरूले परमेश्‍वरको आराधना नगरेजस्‍तै, तिनीहरूले पनि गरेनन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि तिनीहरूकी आमा वेश्‍या थिई

अरू देवताहरूको खोजी गर्ने अघिल्‍लो पुस्‍तालाई वेश्‍या ठानिएको थियो किनकि तिनीहरू परमप्रभुप्रति विश्‍वासयोग्‍य थिएनन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म आफ्‍ना प्रेमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।

यहाँ "मेरा प्रेमीहरू" भन्‍नाले बाल र अरू झूटा देवहरूलाई जनाउँछन् जसलाई इस्राएलले परमप्रभुको सट्टामा आराधना गर्न चुनेका छन् । यी वस्‍तुहरूको सूची मानिसलाई बाँच्‍नलाई आवश्‍यक तत्‍वहरू हुन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद