ne_tn/hos/02/02.md

4.6 KiB

सामान्‍य जानकारीः

परमप्रभु होशेसँग बोल्दै हुनुहुन्छ ।

आफ्नी आमा

यहाँ "आमा" ले इस्राएल जातिलाई जनाउँछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मुद्धा

यो न्‍यायको अदालतमा एउटा व्‍यक्‍तिले अर्को व्‍यक्‍तिलाई हाल्‍ने दोष हो ।

किनकि त्यो मेरी पत्‍नी होइन

स्‍त्रीजस्‍तो बताइएको इस्राएलले परमप्रभुसँग उहाँकी पत्‍नीजस्‍तै व्‍यवहार नगरेको भनी परमप्रभु भन्‍दैहुनुहुन्छ बरु इस्राएलले उहाँलाई पछ्‍याउन र आराधना गर्न छोडेकी छे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

न त म त्यसको पति हुँ

परमप्रभु इस्राएल जातिसँग एउटा पति आफ्नी पत्‍नीसँग सम्‍बन्‍धमा रहेजस्‍तै अब रहन सक्‍नुहुँदैन । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्ना स्‍तनहरूको बिचबाट

यस अलङ्‍कारले इस्राएल परमप्रभुमा नभई मूर्तिहरूमा निर्भर भइरहेको बुझाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यभिचारका कामहरू

एउटा व्‍यभिचारी पत्‍नीले अर्को मानिससँग सुत्‍न आफ्नो पतिलाई छोड्छे । इस्राएल यसरी नै परमप्रभुसँग व्‍यवहार गर्दै थिई । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु

इस्राएल परमप्रभुदेखि तर्केको कारण उहाँले त्‍यसलाई अब सुरक्षा दिने र जुटाउनुहुने छैन । इस्राएलमा पतिहरूले आफ्ना पत्‍नीहरूलाई व्‍यवस्थाअनुसार लुगाफाटाहरू जुटाउन अनिवार्य थियो ।यसो नगर्नु मानिसले आफ्नी पत्‍नीलाई इन्‍कार गरेको चिन्ह थियो । यसको पूरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ ।( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु

उजाड र फल नफलाउने मरुभूमि जस्‍तै बनाउन परमप्रभुले इस्राएललाई परिणत गर्नुहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

र त्यसलाई तिर्खाले मर्ने म बनाउनेछु

यहाँ "तिर्खा"ले मूर्तिहरूलाई नभई परमप्रभुमा आराधना गर्न र भरोसा गर्न आवश्‍यक रहेको जनाउँछ वा इस्राएल एउटा जातिको रुपमा जीवित रहन सक्‍नेछैन । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद