ne_tn/heb/front/intro.md

16 KiB

हिब्रूहरूको परिचय

भाग १: सामान्य परिचय

हिब्रूहरूको पुस्तकको रूपरेखा

१. येशू परमेश्‍वरका अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा श्रेष्‍ठ हुनुहुन्छ (१:१-४:१३) १. येशू येरूशलेममा भएको मन्दिरमा सेवा गर्ने पूरोहितहरूभन्दा श्रेष्‍ठ हुनुहुन्छ (४:१४-७:२८) १. येशूको सेवकाइ पुरानो करारभन्दा महान् छ जुन परमेश्‍वरले उहाँका मानिसहरूसँग बनाउनुभयो (८:१-१०:३९) १. विश्‍वास के जस्तो छ (११:१-४०) १. परमेश्‍वरप्रति विश्‍वासयोग्‍य रहन प्रोत्साहन (१२:१-२९) १. आखिरी हौसलाहरू र अभिवादनहरू (१३:१-२५)

हिब्रूहरूको पुस्तक कसले लेखे ?

हिब्रूहरूलाई कसले लेखे भनेर कसैले पनि जान्दैन । सम्भवतः यी नै मानिसहरूले लेखे होलान् भन्‍दै विद्वानहरूले धेरै जनाको नाउँ उल्‍लेख गरेका छन् । यस्‍ता सम्‍भावित लेखकहरूमध्‍ये पावल, लूका र बारनाबास हुन् । यो लेखेको मिति पनि अज्ञात छ । धेरै विद्वानहरूले यो सन् ७० भन्‍दा पहिले लेखिएको थियो भनी विचार गर्दछन् । सन् ७० मा यरूशलेमलाई नष्‍ट पारियो, तर यरूशलेमको नष्‍ट भएको थिएन झैँ गरी यस पत्रका लेखकले कुरा गरेका छन् ।

हिब्रूहरूको पुस्तक केको बारेमा हो ?

येशूले पुरानो करारका भविष्‍यवाणीहरू पूरा गर्नुभयो भनी हिब्रुको पुस्‍तकका लेखकले दर्शाउँछन् । यहूदी ख्रीष्‍टिएनहरूलाई उत्‍साह दिन र पुरानो करारले दिन सक्‍ने कुनै पनि कुराभन्‍दा येशू झन् असल हुनुहुन्‍छ भनी स्‍पष्‍ट पार्नका लागि लेखकले यसो गरे । येशूले सिद्ध प्रधान पूजाहारी हुनुहुन्‍छ । येशूले सिद्ध बलिदान पनि हुनुहुन्‍थ्यो । येशूको बलिदान एकचोटी र सधैँका लागि भएको हुनाले जनावरहरूका बलिदान व्‍यर्थ भए । यसकारण, परमेश्‍वरले मानिसहरू ग्रहण गर्नका लागि येशू नै एक मात्र बाटो हुनुहुन्‍छ ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “हिब्रूहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “हिब्रूहरूलाई पत्र” वा “यहूदी ख्रीष्‍टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

के पाठकहरूले यस पुस्तकलाई पुरानो करारमा आवश्‍यक परेका बलिहरू र पूरोहितहरूको कामको बारेमा नजानिकन बुझ्‍न सक्छन् ?

यी कुरा नबझिकन पाठकहरूलाई यो पुस्‍तक बुझ्‍न धेरै कठिन पर्नेछ । अनुवादकहरूले कतै टिप्‍पणीहरूमा वा यस पुस्‍तकको परिचयमा पुरानो करारका यस्‍ता केही विचारहरूका बारेमा स्‍पष्‍ट पार्नुपर्दछ ।

हिब्रूहरूको पुस्तकमा रगतको अवधारणालाई कसरी प्रयोग गरिएको छ ?

हिब्रूहरू ९:७.md) मा सुरु गरेर, रगतको अवधारणालाई धेरैपटक परमेश्‍वरको इस्राएलसँगको करारअनुसार बलिदान गरिएको कुनै पशुको मृत्युलाई जनाउन एउटा प्रतिस्थापनको रूपमा प्रयोग गरिएको छ । लेखकले येशू ख्रीष्‍टको मृत्युलाई प्रतिनिधित्व गर्न पनि रगतको प्रयोग गरे । येशू सिद्ध बलिदान हुनुभयो ताकि परमेश्‍वरले मानिसहरूलाई उहाँको विरुद्धमा पाप गरेकोमा क्षमा गर्नुभएको होस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हिब्रूहरू ९:१९ मा सुरु गरेर, लेखकले छर्कने कुराको अवधारणालाई प्रतीकात्मक कार्यको रूपमा प्रयोग गरे । पुरानो करारका पूजाहारीहरूले जनावर बलिदानको रगतलाई छर्कने कार्य गर्दथे । यो मानिसहरू वा कुनै वस्‍तुमाथि जनावरको मृत्‍युको लाभलाई लागु गरिएको कुराको सङ्केत थियो । यसले मानिसहरू वा वस्‍तु परमेश्‍वरमा ग्रहणयोग्‍य भएको कुरालाई दर्शाउँथ्‍यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

हिब्रूहरूको यूएलटीमा “पवित्र” र “शुद्ध बनाउनु”का अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

धर्मशास्‍त्रले धेरै विचारहरूमध्‍ये कुनै एकलाई जनाउनका लागि यस्‍ता शब्‍दहरूको प्रयोग गर्दछ । यसकारण, अनुवादकहरूलाई आफ्‍नो अनुवादमा ती शब्‍दलाई राम्रोसँग बुझ्ने गरी लेख्‍न प्रायः कठिनाइ पर्न सक्‍छ । अङ्ग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्‍नलिखित सिद्धान्‍तहरूको उपयोग गर्दछः

  • कुनै बेला कुनै खण्‍डको अर्थले नैतिक रूपमा पवित्र हुने कुरालाई जनाउँछ । सुसमाचार बुझ्‍नका लागि विशेष महत्त्वपूर्ण भनेको ख्रीष्‍टिएनहरू येशू ख्रीष्‍टसँग मिलापमा हुने हुनाले परमेश्‍वरले तिनीहरूलाई पापरहित देख्‍नुहुन्‍छ भन्‍ने तथ्य हो । परमेश्‍वर सिद्ध र त्रुटिरहित हुनुहुन्‍छ भन्‍ने कुरा जनाउने अर्को सान्‍दर्भिक तथ्‍य हो । तेस्रो तथ्‍य, ख्रीष्‍टिएनहरूले आफैँमा जीवनमा दोषरहित र त्रुटिरहित किसिमले जिउनुपर्दछ भन्‍ने हो । यी सन्‍दर्भमा यूएलटीले, “पवित्र”, “पवित्र परमेश्‍वर”, “पवित्र जन” र “पवित्र मानिसहरू” शब्‍दहरूको प्रयोग गर्दछ ।
  • कुनै बेला यसको ख्रीष्‍टिएनहरूलाई जनाउने सामान्‍य अर्थ हुन्‍छ, र तिनीहरूद्वारा कुनै विशेष भूमिका निर्वाह गर्नुपर्ने अर्थ लाग्‍दैन । यी सन्‍दर्भमा यूएलटीले, “विश्‍वासी” वा “विश्‍वासीहरू” शब्‍दहरूको प्रयोग गर्दछ । (हेर्नुहोस्ः 6:10; 13:24)
  • कुनै बेला परमेश्‍वरको लागि कुनै मानिस वा कुनै थोक अलग गरिएको भन्‍ने अर्थ लाग्‍छ । यी सन्‍दर्भमा यूएलटीले, “शुद्ध गर्नु”, “अलग गर्नु”, “अर्पण गर्नु” वा “सुरक्षित गर्नु” शब्‍दहरूको प्रयोग गर्दछ । (हेर्नुहोस्ः २:११; ९:१३; १०:१०, १४, २९; १३:१२)

अनुवादकहरूले यी विचारलाई आफ्‍नो भाषामा कसरी लेख्‍ने भनी विचार गरिरहँदा प्रायः यूएसटीले सहायता पुर्‍याउन सक्‍दछ

हिब्रूहरूको पुस्तकमा पाठ्यसामग्रीसँग सम्बन्धित भएका प्रमुख विषयहरू के-के हुन् ?

तल दिइएका पदहरूका लागि, बाइबलका नयाँ संस्करणहरू पुरानो संस्करणहरूभन्‍दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्दछ, र पुरानो पाठलाई पादटिप्‍पणीमा राख्‍दछ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादहरूमा भएका पाठलाई प्रयोग गर्नुपर्दछ । यदि छैन भने, अनुवादकहरूले आधुनिक पाठको अनुसरण गर्नुपर्दछ ।

  • “तपाईंले तिनलाई महिमा र आदर पहिराउनुभएको छ” (२:७) । केही पुराना संस्करणहरूमा यसरी छ, “तपाईंले तिनलाई महिमा र आदर पहिराउनुभएको छ र तपाईंले तिनलाई आफ्‍ना हातका कामहरूभन्दा माथि राख्‍नुभएको छ ।”
  • “तिनीहरू जो आज्ञापालन गर्नेहरूसँग विश्‍वासमा जोडिएनन्” (४:२) । केही पुराना संस्करणहरूमा यसरी छ, “तिनीहरू जसले त्यसमा विश्‍वास नजोडिकन त्यसलाई सुने ।”
  • “ख्रीष्‍ट आएका असल थोकहरूका लागि एक प्रमुख पूजाहारीको रूपमा आउनुभयो” (९:११) । केही नयाँ र पुराना संस्करणहरूमा यसरी छ, “ख्रीष्‍ट आउनुपर्ने असल थोकहरूका लागि एक प्रमुख पूजाहारीको रूपमा आउनुभयो ।”
  • “तिनीहरूमाथि जो कैदीहरू थिए” (१०:३४) । केही पुराना संस्करणहरूमा यसरी छ, “मेरा साङ्लाहरूमा मेरो ... ।”
  • “तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग गरेर चिरियो । तिनीहरू तरवारले मारिए” (११:३७) । केही पुराना संस्करणहरूमा यसरी छ, “तिनीहरूलाई ढुङ्गा हानियो । तिनीहरूलाई दुई भागमा चिरियो । तिनीहरूको परीक्षा लिइयो । तिनीहरूलाई तरवारले मारियो ।”
  • “यदि कुनै पशुले मात्र पनि पर्वतलाई छुन्छ भने, त्यसलाई ढुङ्गा हानिनुपर्छ” (१२:२०) । केही पुराना संस्करणहरूमा यसरी छ, “यदि कुनै पशुले मात्र पनि पर्वतलाई छुन्छ भने, त्यसलाई ढुङ्गाले हान्‍नुपर्छ वा वाणले हान्‍नुपर्छ ।”

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)