ne_tn/heb/13/intro.md

2.5 KiB

हिब्रूहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

अध्‍याय १२ मा उल्‍लेखित प्रोत्‍साहनका सूचिलाई लेखकले सिध्‍याउँछन् । अनि लेखकले आफ्‍नो लागि प्रर्थना गर्न अनुरोध गर्दछन् र पत्रको अन्‍त्‍य गर्दछन् ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । १३:६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अतिथि-सत्कार

परमेश्‍वरका मानिसहरूले अरू मानिसहरूलाई भोजन गर्न र रातमा वास बस्‍नसमेत निम्‍तो देउन् भन्‍ने उहाँको इच्‍छा छ । परमेश्‍वरका मानिसहरूले आफूले निम्‍तो दिएका मानिसहरूलाई राम्रोसँग चिन्‍दैनन् भने पनि तिनीहरूले त्‍यसै गर्नुपर्छ । पुरानो करारमा, अब्राहाम र तिनका भतिजा लोत दुवैले तिनीहरूले नचिनेका मानिसहरूको अतिथि सत्‍कार गरे । अब्राहामले तिनीहरूका लागि महङ्गो भोजनको प्रबन्‍ध गरे, र लोतले चाहिँ तिनीहरूलाई आफ्‍नो घरमा राती सुत्‍नका लागि निम्‍तो दिए । ती मानिस वास्‍तव स्‍वर्गदूतहरू रहेछन् भनेर तिनीहरूले पछि थाहा पाए ।