ne_tn/heb/13/09.md

4.1 KiB

सामान्य जानकारीः

यो खण्‍डले पुरानो करारको समयका विश्‍वासीहरूले चढाउने जनावरको बलिका बारेमा उल्‍लेख गर्दछ । त्‍यो बलिले ख्रीष्‍टको मृत्‍युको समय नहुञ्‍जेलसम्‍म केही समयका लागि तिनीहरूका पाप ढाकेको थियो ।

विभिन्‍न प्रकारका अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस्

विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूद्वारा विश्‍वस्‍त हुने कुरालाई कुनै शक्तिले त्यस व्‍यक्तिलाई बोकेर टाढा पुर्‍याएको झैं गरी लेखकले भन्‍दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अरूहरूलाई विभिन्‍न प्रकारका अनौठा शिक्षाहरूमा तिमीहरूलाई विश्‍वास गर्ने तुल्‍याउन नदेओ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

विभिन्‍न प्रकारका अनौठा शिक्षाहरू

“धेरै विभिन्‍न शिक्षाहरू, जुन हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचार होइन”

अनुग्रहद्वारा हाम्रो हृदय सुदृढ भएको असल हुन्‍छ, भोजनबाट होइन जसले त्यसअनुसार हिँड्नेहरूलाई सहायता गर्दैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर कसरी हामीप्रति दयालु हुनुभयो भनी विचार गर्दा हामी झन् सुदृढ हुन्‍छौँ, तर भोजनसम्‍बन्‍धी नियमहरू पालन गरेर हामी सुदृढ हुँदैनौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

हृदय सुदृढ हुनुपर्छ

यहाँ “हृदय” भनेको “भित्री मानिस”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “हामी भित्री रूपमा बलिया पारिएका हुनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

भोजन

यहाँ “भोजन” शब्‍दले भोजनका बारेमा भएका नियमहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जो ती कुराअनुसार हिँड्छन्

जीवन बिताउने कुरालाई लेखकले हिँडाइ भनेका छन् । वैकल्‍पिक अनुवादः “तीद्वारा जिउनेहरूलाई” वा “तीद्वारा आफ्‍नो जीवन सञ्‍चालन गर्नेहरूलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)