ne_tn/heb/12/02.md

2.7 KiB

विश्‍वासका संस्थापक र सिद्ध तुल्‍याउनुहुने

येशूले नै हामीलाई विश्‍वास दिनुहुन्‍छ र हामीलाई हाम्रो लक्ष्‍यसम्‍म पुर्‍याएर हाम्रो विश्‍वासलाई सिद्ध तुल्‍याउनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “हाम्रा विश्‍वासका सृष्‍टिकर्ता र त्‍यो पूरा गर्नुहुने” वा “हामीलाई सुरुदेखि अन्‍त्‍यसम्‍मै विश्‍वास गर्न सक्षम तुल्‍याउनुहुने”

उहाँको सामुन्‍ने राखिएको आनन्‍दको लागि

येशूले अनुभव गर्नुहुने आनन्‍दको बारेमा लेखक भन्‍छन्, त्‍यो उहाँ पुग्‍नुपर्ने लक्ष्‍यका रूपमा परमेश्‍वर पिताले उहाँको सामु राखिदिनुभएको कुरा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसको अपमानको बाबजुद

यसको अर्थ आफू क्रूसमा मर्नुपर्ने अपमानको कुरालाई पनि उहाँले ध्‍यान दिनुभएन ।

परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो

“परमेश्‍वरको दाहिने बाहुली”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले हिब्रू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको छेउमा सम्‍मान र अधिकारको स्‍थानमा बस्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)