ne_tn/heb/11/35.md

3.0 KiB

स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित प्राप्‍त गरे

भाववाचक नाम “पुनरुत्थान”लाई हटाएर लेख्‍न सकिन्‍छ । “मरेका” शब्‍द नामिक विशेषण हो । यसलाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मरेकाहरूलाई स्‍त्रीहरूले फेरि प्राप्‍त गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-nominaladj]])

अरूहरूले यातना भोगे, छुटकारालाई स्‍वीकार गरेनन्

यसको अर्थ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निश्‍चित शर्तहरू राखेर छुटकारा गरिदिन सक्‍थे भन्‍ने अर्थ लाग्‍दछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अरूले झ्‍यालखानाबाट छुटकारा पाउने कुराको साटोमा सतावट स्‍वीकार गरे” वा “अरूले छुटकारा पाउनलाई आफ्‍ना शत्रुहरूका माग पूरा गर्नुको साटोमा आफ्‍ना शत्रुहरूबाट आफू अत्‍याचारमा गर्ने अनुमति दिए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

यातना भोगे

ठूलो शारीरिक र मानिसक पीडा भोगे

अझ उत्तम पुनरुत्‍थान

सम्‍भावित अर्थहरू हुन् १) यी मानिसहरूले यस संसारमा अनुभव गरेको भन्‍दा उत्तम जीवनको अनुभव स्‍वर्गमा गर्नेछन् वा २) विश्‍वास नगर्ने मानिसहरूले भन्‍दा उत्तम पुनरुत्थान यी मानिसहरूले प्राप्‍त गर्नेछन् । विश्‍वास गर्नेहरू परमेश्‍वरको साथमा सदासर्वदा जिउनेछन् । विश्‍वास नगर्नेहरू सदासर्वदा परमेश्‍वरबाट अलग भएर जिउनेछन् ।