ne_tn/heb/11/11.md

2.9 KiB

सामान्य जानकारीः

धेरै संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन्, र अरूहरूले चाहिँ यसले अब्राहामलाई जनाएको भनेर अर्थ लगाउँछन् ।

यो विश्‍वासद्वारा हो कि, सारा आफैँ बाँझी भएकी भए पनि, अब्राहामले सन्तानको बाबु हुने क्षमता प्राप्‍त गरे । तिनी साह्रै वृद्ध भएतापनि यसो भयो, किनकि उनले ... ठाने

केही संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन् । “विश्‍वासद्वारा, तिनी आफैँ बाँझी भएतापनि, उमेर नाघिसकेपछी पनि सन्तानहरू जन्माउने शक्ति प्राप्‍त गरिन्, किनकि तिनले ठानिन्”

यो विश्‍वासद्वारा हो

भाववाचक नाम “विश्‍वास”लाई क्रियापद “विश्‍वास गर्नु” भनेर लेख्‍न सकिन्‍छ । सम्‍भावित अर्थहरू हुन् १) यो अब्राहामको विश्‍वासद्वारा थियो । वैकल्‍पिक अनुवादः “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले” वा २) यो साराको विश्‍वासद्वारा थियो । वैकल्‍पिक अनुवादः “साराले परमेश्‍वरमा विश्‍वास गरेकी हुनाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

बालकका पिता हुने अवसर पाए

“पिता हुन सक्षम भए” वा “बालक हुने क्षमता पाउन सके”

किनभने प्रतिज्ञा दिनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ भनी तिनले मानेकी थिइन्

“तिनले प्रतिज्ञा दिनुहुने परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ भनी विश्‍वास गरेको हुनाले”