ne_tn/heb/11/05.md

2.3 KiB

विश्‍वासद्वारा नै हनोक माथि उठाइलगिए र तिनले मृत्‍यु देखेनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विश्‍वासले गर्दा हनोकको मृत्‍यु भएन किनभने परमेश्‍वरले तिनलाई लानुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मृत्‍यु देख्‍नु

मृत्‍यु कुनै वस्‍तु हो, जसलाई मानिसहरूले देख्‍न सक्‍छन् भने जस्‍तो गरी लेखकले भनेका छन् । यसको अर्थ मृत्‍युको अनुभव गर्नु हो । वैकल्‍पिक अनुवादः “मृत्‍यु हुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनी उठाइनुभन्‍दा अगि

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई लानुभन्‍दा अगि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेका कुरा पुष्‍टि भएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्‍भावित अर्थहरू हुन् १) “हनोकले परमेश्‍वरलाई खुशी पारेका कुरा परमेश्‍वरले भन्‍नुभयो” वा २) “हनोकले परमेश्‍वरलाई खुशी पारेका कुरा मानिसहरूले भने ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)