ne_tn/heb/10/35.md

1.7 KiB

सामान्य जानकारीः

हिब्रू १०:३७ मा पुरानो करारका यशैया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरण छ ।

आफ्‍नो आत्मविश्‍वासलाई नगुमाओ, जसको ठूलो इनाम छ

आत्मविश्‍वास नभएको व्‍यक्तिका बारेमा कसैले काम नलाग्‍ने फोहर फाले झैँ उक्त व्‍यक्तिले आत्मविश्‍वासलाई टाढा फालिदिएको जस्‍तो हो गरी लेखकले भनेका छन् । भाववाचक नाम “आत्मविश्‍वास” लाई विशेषण “आत्मविश्‍वासी” वा क्रिया विशेषण “निश्‍चित तरिकाले” भनी अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “आत्मविश्‍वासी हुन नछोड, किनभने आत्मविश्‍वासी हुनाले तिमीहरूले ठूलो इनाम पाउने छौ” वा “आत्मविश्‍वासी भएर परमेश्‍वरमा भर पर्न नछोड, जसले तिमीहरूलाई ठूलो इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])