ne_tn/heb/10/29.md

2.9 KiB

अनुग्रहको ... झन् कति बढी सजाय पाउँछ होला ?

ख्रीष्‍टलाई इन्‍कार गर्नेहरू लागि भएको दण्‍डको कठोरता बारेमा लेखकले जोड दिन्‍छन् । वैकल्‍पिक अनुवादः “यो गम्‍भीर दण्‍ड थियो । तर ... दण्‍ड झन् बढी कठोर होला !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्‍चने

ख्रीष्‍टलाई बेवास्‍ता गर्ने र उहाँलाई गिल्‍ला गर्न कुरालाई उहाँलाई खुट्टाले कुल्‍चने कुराजस्‍तो लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको पुत्रलाई इन्‍कार गरेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको पुत्र

यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

करारको रगतलाई अपवित्र तुल्‍याउने

यसले कुनै व्‍यक्तिले परमेश्‍वरको पुत्रलाई कुल्‍चेको दर्शाउँछ । वैकल्‍पिक अनुवादः “करारको रगतलाई अपवित्र झैँ व्‍यवहार गरेर”

करारको रगत

यहाँ “रगत” शब्‍दले ख्रीष्‍टको मृत्‍युलाई जनाउँछ, जसद्वारा परमेश्‍वरले नयाँ करार स्‍थापित गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अर्थात् आफूलाई पवित्र तुल्‍याएको रगत

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पमेश्‍वरले उसलाई पवित्र तुल्‍याउनुभएको रगत” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुग्रहको आत्‍मा

“अनुग्रह गर्नुहुने परमेश्‍वरको आत्‍मा”