ne_tn/heb/10/26.md

2.2 KiB

जोड्ने कथनः

लेखकले अब उनको चौथो चेतावनी दिन्छन् ।

हामी जानाजान पाप गर्दै जान्छौँ

“हामी जान्दछौँ कि हामी पाप गर्दैछौँ तर पनि हामी अझै अनि अझै गर्छौँ”

हामीले सत्‍यताको ज्ञान पाएपछि

सत्‍यताको ज्ञानको बारेमा यो कुनै एक व्‍यक्तिले अर्को व्‍यक्तिलाई दिन सक्‍ने एउटा वस्‍तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामीले सत्‍यताको बारेमा सिकेपछि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सत्यता

परमेश्‍वरको बारेमा सत्‍यता । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पापको लागि कुनै बलिदान बाँकी रहँदैन

कसैले पनि नयाँ बलिदान दिन सक्षम हुँदैन, किनभने यो कार्य गर्न ख्रीष्‍टको बलिदान मात्र पर्याप्‍त छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हाम्रा पाप क्षमा गर्नका लागि कसैले पनि बलिदान चढाउन सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पापका लागि कुनै बलिदान

यहाँ “पापका लागि बलिदान” भन्‍नाले “पाप हटाउनका लागि जनावर बलिदान चढाउने प्रभावकारी तरिकालाई जनाउँछ ।”