ne_tn/heb/10/23.md

1.6 KiB

हामीले स्‍वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामिराखौँ

यहाँ “बलियोसँग” शब्‍द कुनै व्‍यक्तिले केही कुरा गर्ने वा नगर्ने भनी दृढतासाथ निर्णय गर्ने कुरा जनाउने अलङ्कार हो । यहाँ प्रयोग भाववाचक नामहरू “स्‍वीकार” र “आशा” लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हामीले परमेश्‍वरबाट दृढतापूर्वक आशा गरेको कुराहरूलाई हामी निरन्‍तर स्‍वीकार गर्ने निर्णय गरौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

नडगमगाइकन

केही कुराको बारेमा अनिश्‍चित हुने कुरा चाहिँ कोही व्यक्ति यताउता धर्मराइरहेको भए झैँ गरेर बताइएको छ । वैकल्‍पिक अनुवादः “अनिश्‍चित नभइकन” वा “शङ्का नगरिकन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)