ne_tn/heb/10/20.md

1.5 KiB

जीवित मार्ग

सम्‍भावित अर्थहरू हुन् १) यो येशूले उपलब्‍ध गराउनुभएको परमेश्‍वरकहाँ जाने नयाँ मार्ग हो, जसको परिणामस्‍वरूप विश्‍वासीहरू सदासर्वदा जिउने छन् वा २) येशू जीवित हुनुहुन्‍छ र उहाँको बाट भएर विश्‍वासीहरू परमेश्‍वरको उपस्‍थितिमा प्रवेश गर्दछन् ।

पर्दाबाट

पार्थिव मन्दिरमा भएको पर्दाले मानिसहरू र परमेश्‍वरको साँचो उपस्‍थितिलाई अलग गरिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको शरीर

यहाँ “शरीर” शब्‍दले येशूको शरीरलाई जनाउँछ र उहाँको शरीरले उहाँले गर्नुभएको बलिदानीपूर्ण मृत्‍युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँको मृत्‍युद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)