ne_tn/heb/09/14.md

3.6 KiB

ख्रीष्‍टको रगतले झन् कति बढ्‍ता गरेर हाम्रो विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ, ताकि हामी जीवित परमेश्‍वरको सेवा गर्न सक्‍दछौँ, किनकि तिमीहरूका पापको लागि अनन्‍त आत्माको शक्तिद्वारा ख्रीष्‍टले आफैँलाई निष्खोट बलिको रूपमा परमेश्‍वरलाई चढाउनुभयो ?

ख्रीष्‍टको बलिदान सबैभन्‍दा धेरै शक्तिशाली भयो भनेर जोड दिनका लागि लेखकले यो प्रश्‍न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “त्‍यसो हो भने, जीवित परमेश्‍वरको सेवा गर्नलाई ख्रीष्‍टको रगतले हाम्रो विवेकलाई मृत कामहरूबाट निश्‍चय पनि झन् धेरै शुद्ध पार्दछ ! किनभने अनन्‍त आत्माद्वारा उहाँले खोटरहित किसिमले परमेश्‍वरमा आफैँलाई चढाउनुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ख्रीष्‍टको रगत

ख्रीष्‍टको “रगत” ले उहाँको मृत्‍युलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खोटरहित

यो सानो पाप वा नैतिक पतन हो जुन ख्रीष्‍टको शरीरमा भएको कुनै सानो, असामान्‍य दाग वा त्रुटीको रूपमा बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो विवेकलाई ... शुद्ध पार्दछ

यहाँ “विवेक” शब्‍दले व्‍यक्तिको दोष महसुस हुने कुरा जनाउँछ । विश्‍वासीहरूले गरेका पापहरूका लागि तिनीहरूले अब फेरि दोषी महसुस गर्नुपर्दैन, किनभने येशूले आफैँलाई बलिदान चढाउनुभयो र तिनीहरूलाई क्षमा गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शुद्ध पार्नु

यहाँ “शुद्ध पार्नु” शब्‍दले हामीले गरेको पापको दोषबाट हाम्रो विवेकलाई छुटकारा दिने कार्य जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मृत कामहरू

पापपूर्ण कामहरू चाहिँ मृकहरूको संसारको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)