ne_tn/heb/08/intro.md

1.9 KiB

हिब्रूहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

येशू कसरी र किन सबभन्‍दा महत्त्वपूर्ण प्रधान पूजाहारी हुनुहुन्‍छ भनेर स्‍पष्‍ट पार्ने कार्य लेखकले सिध्‍याउँछन् । त्‍यसपछि परमेश्‍वरले मोशासँग गर्नुभएको करारभन्‍दा नयाँ करार झन् उत्तम कसरी छ भनेर तिनले बोल्‍न सुरु गर्दछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/covenant)

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ८:८-१२ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

नयाँ करार

येशूले कसरी नयाँ करारको स्‍थापना गर्नुभयो, जुन चाहिँ परमेश्‍वरले इस्राएलीहरूसँग स्‍थापित गर्नुभएको करारभन्‍दा झन् उत्तम छ भनेर लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/covenant)