ne_tn/heb/08/10.md

3.1 KiB

सामान्य जानकारीः

यो यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरण हो ।

इस्राएलको घराना

इस्राएलका मानिसहरूलाई तिनीहरूका घराना हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “इस्राएलका मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ती दिनहरूपछि

“त्‍यो समयपछि”

म मेरो व्‍यवस्‍था तिनीहरूका मनमा राखिदिनेछु

परमेश्‍वरका मार्गदर्शनहरूका बारेमा ती कतै राख्‍न मिल्‍ने वस्‍तुहरू भएको जस्‍तो गरी लेखकले भनेका छन् । मानिसहरूका सोच्‍न सक्‍ने क्षमताका बारेमा त्‍यो एउटा ठाउँ भए झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “म तिनीहरूलाई मेरो व्‍यवस्‍था बुझ्‍न सक्षम बनाउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म तिनीहरूका हृदयमा ती लेखि पनि दिनेछु

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूका हृदयमा लेख्‍ने” भन्‍ने वाक्यांश चाहिँ मानिसहरूलाई व्‍यवस्‍थाको पालना गर्नलाई सक्षम बनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म ती कुराहरूलाई तिनीहरूको हृदयमा पनि राखिदिनेछु” वा “म तिनीहरूलाई मेरो व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

म तिनीहरूका परमेश्‍वर हुनेछु

“म तिनीहरूले आराधना गर्ने परमेश्‍वर हुनेछु”

तिनीहरू मेरा मानिसहरू हुनेछन्

“तिनीहरू मैले वास्‍ता गर्ने मानिसहरू हुनेछन्”