ne_tn/heb/08/01.md

3.2 KiB

जोड्ने कथनः

लेखकले सांसारिक पूजाहारीपनभन्‍दा ख्रीष्‍टको पूजाहारीपन झन् उत्तम हो भनेर दर्साएपछि, संसारिक पूजाहारीपन त स्‍वर्गीय थोकहरूका नमुना हो भनी दर्शाउँछन् । ख्रीष्‍टको सेवा झन् उत्तम र उहाँको करार अति उत्तम हो ।

अब

“यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्‍दको प्रयोग भएको हो ।

हामीले भनिरहेको

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका छन्, तापनि उनले शायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । किनकि लेखकले उनका पाठकहरूलाई यहाँ समावेश गर्दैनन्, “हामी” शब्द असमावेशी छ । वैकल्‍पिक अनुवादः “म भन्‍दै छु” वा “म लेख्‍दै छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-pronouns]])

हामीसँग प्रधान पूजाहारी हुनुहुन्छ

लेखकले यहाँ पाठकहरूलाई समावेश गर्दैछन्, त्यसैले “हामी” शब्द समावेशी छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

सर्वशक्तिमान्‌को सिंहासनको दाहिनेपट्टि विराजमान बस्‍नुभयो

यहाँ “दाहिनेपट्टि बस्‍नु” भन्‍ने कुरा चाहिँ परमेश्‍वरबाट महान् सम्‍मान र अधिकारलाई प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । तपाईंले यस्तै समान वाक्यांशलाई हिब्रूहरू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “सर्वशक्तिमान्‌को सिंहासनको छेउमा भएको सम्‍मान र अधिकारको स्थानमा बस्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)