ne_tn/heb/06/19.md

3.3 KiB

जोड्ने कथनः

हिब्रूको पत्रका लेखकले विश्‍वासीहरूलाई आफ्‍नो तेस्रो चेतावनी र उत्‍साह प्रस्‍तुत गरिसकेपछि, तिनले पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्‍किसेदेकसँग गर्ने कार्यलाई निरन्‍तरता दिन्‍छन् ।

हाम्रा आत्माको निम्‍ति भरपर्दो र सुरक्षित लङ्गरको रूपमा

पानीमाथि भएको डुङ्गालाई हावाले जता हान्‍यो, त्‍यतैतिर जानबाट जसरी एउटा लङ्गरले रोक्‍ने कार्य गर्दछ, त्‍यसरी नै येशूले हामीलाई परमेश्‍वरको उपस्‍थितिमा सुरक्षित राख्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “जसले हामीलाई परमेश्‍वरको उपस्‍थितिमा सुरक्षित बस्‍न सहायता गर्दछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

भरपर्दो र सुरक्षित लङ्गर

यहाँ “भरपर्दो” र “सुरक्षित” शब्‍दहरूका मूलभूत अर्थ एकै कुरा हो, र यसले लङ्गरमाथिको पूर्ण विश्‍वासनीयतामा जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “पूर्ण रूपमा विश्‍वासनीय लङ्गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

यस्‍तो आशा जुन पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ

यहाँ भरोसाका बारेमा यो मन्‍दिरभित्र महापवित्र स्‍थानमा जान सक्‍ने कुनै व्‍यक्ति भए झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

भित्री स्थान

यो मन्‍दिरभित्र भएको महापवित्र स्‍थानमा थियो । परमेश्‍वर आफ्‍ना मानिसहरूका बीचमा साक्षात् रूपमा उपस्‍थित हुनुहुँदा उहाँ यही ठाउँमा उपस्‍थित हुनुहुन्‍थ्‍यो । यस खण्‍डमा, यो ठाउँले स्‍वर्ग र परमेश्‍वरको सिंहासन भएको कोठालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)