ne_tn/heb/04/08.md

1.7 KiB

जोड्ने कथनः

यहाँ अनाज्ञाकारी नहुन, तर परमेश्‍वरले दिनुहुने विश्राममा प्रवेश गर्न लेखकले विश्‍वासीहरूलाई चेतावनी दिन्‍छन् । परमेश्‍वरको वचनले तिनीहरूलाई विश्‍वस्‍त पार्नेछ, र परमेश्‍वरले तिनीहरूलाई सहायता पुर्‍याउनुहुनेछ भन्‍ने दृढताका साथमा तिनीहरू प्रार्थना गर्न सक्दछन् ।

यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई यहोशूले दिन सक्‍ने विश्राम हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “यदि परमेश्‍वरले इस्राएलीलाई दिनुहुने विश्राममा यहोशूले तिनीहरूलाई लान सकेको भए” वा यदि परमेश्‍वरले दिनुहुने विश्रामको आशिष् इस्राएलीले यहोशूको समयमा पाएका भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)