ne_tn/heb/03/intro.md

2.4 KiB

हिब्रूहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ३:७-११, १५ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

भाइहरू

लेखकले शायद यहूदीहरू भइ हुर्केका ख्रीष्‍टिएनहरूलाई जनाउनका लागि “भाइहरू” शब्‍द प्रयोग गर्दछन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

तिमीहरूका हृदय कठोर पार्नु

आफ्‍नो हृदयलाई कठोर पार्ने व्‍यक्तिले परमेश्‍वरको आवाज सुन्‍दैन वा उहाँको आज्ञापालन गर्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आलङ्कारिक प्रश्‍नहरू

लेखकले आफ्‍ना पाठकहरूलाई चेतावनी दिने तरिकाका रूपमा अलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्दछन् । यी प्रश्‍नहरूका जवाफ लेखक स्‍वयम् र पाठकहरू दुवै थाहा छ, र पाठकहरूले यी प्रश्‍नका बारेमा विचार गर्दा, तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍नु र उहाँको आज्ञापालन गर्नु आवश्‍यक हुन्छ भनी महसुस गर्छन् भन्‍ने कुरा लेखकलाई थाहा छ ।