ne_tn/heb/03/18.md

1.8 KiB

तिनीहरू उहाँको विश्राममा पस्‍न पाउने छैनन् भनी कसको बारेमा उहाँले शपथ खानुभएको थियो, के ती उहाँको आज्ञा नमान्‍नेहरूका बारेमा होइन र ?

लेखकले आफ्‍ना पाठकहरूलाई सिकाउनका लागि यो प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “र तिनीहरू उहाँको विश्राममा पस्‍न पाउने छैनन् भनी उहाँले शपथ खानुभएको चाहिँ ती नै अनाज्ञाकारीसँग थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू उहाँको विश्राममा पस्‍न पाउने छैनन्

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा पस्‍ने छैनन्” वा “तिनीहरूले उहाँको विश्रामको आशिष्‌को अनुभव गर्नै छैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)