ne_tn/heb/03/08.md

1.4 KiB

तिमीहरूका हृदयलाई कठोर नपार

यहाँ “हृदयहरू” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदयहरू कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “हठी नहोओ” वा “सुन्‍नलाई इन्कार नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उजाडस्‍थानमा परीक्षाको समयमा विद्रोह गरेजस्‍तै

यहाँ “विद्रोह” र “परीक्षा”लाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जस्‍तो तिमीहरूका पूर्खाहरूले परमेश्‍वरको विरुद्ध विद्रोह गरे र उजाडस्‍थानमा उहाँको परीक्षा गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)