ne_tn/heb/01/14.md

1.7 KiB

के सबै स्‍वर्गदूत मुक्ति पाउनेहरूको ... आत्‍माहरू होइनन् ?

स्‍वर्गदूतहरू ख्रीष्‍टजस्‍तो शक्तिशाली छैनन्, तर तिनीहरूले खेल्‍नुपर्ने भूमिका चाहिँ बेग्‍लै हो भनी पाठकहरूलाई याद गराउनका लागि लेखकले यो प्रश्‍न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “सबै स्‍वर्गदूतहरू आत्‍माहरू हुन् ... उद्धार प्राप्‍त गर्ने छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मुक्ति पाउनेहरूका खातिर

परमेश्‍वरले विश्‍वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्‍त गर्नु चाहिँ परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्‍पत्तिको पैतृक हक प्राप्‍त गरेको जस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उद्धार गर्नुहुनेहरूका लागि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)