ne_tn/heb/01/13.md

2.5 KiB

सामान्य जानकारीः

यो उद्धरण भजनसंग्रहको अर्को खण्‍डबाट लिइएको हो ।

तर कुन चाहिँ स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्‍तो भन्‍नुभएको छ, “ ...पाउदान तुल्‍याउँदिन” ?

परमेश्‍वरले यो स्‍वर्गदूतहरूलाई कदापि भन्‍नुभएको छैन भन्‍ने कुरामा जोड दिनका लागि लेखकले प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कुनै बेला पनि स्‍वर्गदूतहरूलाई कदापि यसो भन्‍नुभएको छैन ... पाउदान ... ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मेरो दाहिने हातपट्टि बस

“परमेश्‍वरको दाहिने बाहुली”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “मेरो छेउमा आदरको स्‍थानमा बस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिन

ख्रीष्‍टका शत्रुहरू चाहिँ राजाले आराम गर्न आफ्‍ना खुट्टा अड्‍याउने वस्‍तु भए जस्‍तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यो बिम्‍बले उहाँका शत्रुहरूका पराजय र अपमानलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)