ne_tn/heb/01/08.md

1.8 KiB

सामान्य जानकारीः

धर्मशास्‍त्रको यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।

तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्‍छ

“पुत्रको बारेमा परमेश्‍वरले यसो भन्‍नुहुन्‍छ”

पुत्र

यो परमेश्‍वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदा रहिरहनेछ

पुत्रको सिंहासन भन्‍नाले उहाँको शासनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईं परमेश्‍वर हुनुहुन्‍छ, र तपाईंको शासन सदासर्वदा रहनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

न्‍यायको राजदण्‍ड नै तपाईंको राज्‍यको राजदण्‍ड हुने छ

यहाँ “राजदण्‍ड” भन्‍नाले पुत्रको शासनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “र तपाईंले आफ्‍नो राज्‍यका मानिसहरूमाथि न्‍यायपूर्वक शासन गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)