ne_tn/heb/01/04.md

2.0 KiB

सामान्य जानकारीः

पहिलो अगमवाणीको उद्धरण (तिमी मेरा पुत्र हौ) भजनसंग्रहबाट लिइएको हो । दोस्रो चाहिँ (म उनका पिता हुनेछु) शमूएल अगमवक्ताले लेखे । “उहाँ” शब्दका सबै प्रयोगहरूले पुत्र येशूलाई जनाउँछ । “तिमी” शब्‍दले येशूलाई जनाउँछ भने, “म” र “मलाई” शब्‍दहरूले परमेश्‍वर पितालाई जनाउँछ ।

उहाँ ... हुनुभएको छ

“पुत्र ... हुनुभएको छ”

जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ तिनीहरूका नाउँभन्‍दा अति उत्तम छ

यहाँ “नाउँ” भन्‍नाले आदर र अधिकारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसरी उहाँले प्राप्‍त गर्नुभएको आदर र अधिकार तिनीहरूका आदर र अधिकारभन्‍दा श्रेष्‍ठ छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँले प्राप्‍त गर्नुभएको छ

आदर र अधिकार प्राप्‍त गर्ने कुरालाई लेखकले बाबुबाट धनसम्‍पत्ति प्राप्‍त गर्ने कुरा जस्‍तो गरी लेखेका छन् । वैकल्‍पिक अनुवादः “उहाँले पाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)