ne_tn/hab/02/06.md

2.9 KiB

सामान्य जानकारीः

परमप्रभु हबकूकलाई निरन्तर जवाफ दिनुहुन्छ । उहाँले बेबिलोनीहरूलाई तिनीहरू एउटा सिङ्गो व्यक्ति भएझैँ बताउँनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बन्धक

ऋण लिएकोमा दिइने प्रतिज्ञाको लेख जुन प्राय माटोमा लेखिन्थ्यो

के तँलाई टोक्नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्?

बेबिलोनीहरूलाई यसको जवाफ बारे विचार गराउनको निम्ति यो प्रश्‍न सोधिएको थियो । "तँसँग रिसाएकाहरू तेरो विरुद्ध आउनेछन्, तँलाई भयभीत तुल्याउनेहरूले तँलाई आक्रमण गर्न थाल्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तँलाई टोक्नेहरू

यो एउटा वाक्पद्धति हो जसले ऋणी मानिसहरूले ऋण चुक्ता गर्न पर्छ भन्‍ने अर्थ दिन्छ । यद्यापि, केहि नयाँ संस्करणहरूले ऋणीको साटो ऋण दिने भनेर अर्थ दिन यस वाक्यांशलाई अनुवाद गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उठ्ने

"धेरै सङ्ख्यामा हुने" वा "धेरै शक्तिशाली हुने"

तँलाई त्रासमा राख्‍नेहरू

यसले त्यही ऋणीहरूलाई जनाउँछ । उनीहरूले आफूहरूले जबरजस्ती अन्यायपूर्वक लिन परेको ऋणको प्रतिशोधमा बेबिलोनीहरूलाई आक्रमण गरेर तिनीहरूलाई त्रसित तुल्याउनेछन् ।

लुटेको

चोर्नु वा जबरजस्ती लिनु

शब्द अनुवाद